बिर्तामोड: कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी, प्रहरीको गोलीले १ को मृत्यु, दर्जन बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 02:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्  । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै  स्थानीयवासीले गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु जारी गरेपनि त्यसको अबज्ञा गर्दै प्रदर्शन जारि रहेको छ ।  पूर्बमा बसपार्क,पश्चिममा चारपाने,उत्तरमा महानन्द चौक र दक्षिणमा बिर्ताबजारसम्म सिमा कायम राखि ति बिचका ठाउमा कर्फ्यू जारी गरिएको हो।

प्रहरीले १४ राउण्ड गोलि चलाएको छ । प्रहरीको गोली लागि मृत्यु हुनेमा मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved