बाबुरामले काठमाडौंदेखि सगरमाथा बेसक्याम्पसम्म केवलकार बनाउने (घोषणापत्र सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 07:27:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको घोषणापत्र सार्वजनिक गर्दै नेपालको विकास गाडि गुडे जसरी भएको भन्दै आफूहरुको विकासको योजना हवाई जहाज उडे जस्तो द्रुतगतिमा रहेको बताएका छन।

'अहिले नेपालको विकास गाडी गुडे जसरी मन्द गतिमा भइरहेको छ, यस हिसावले देशमा विकास हुन सक्दैन' उनले भने,'आगामी चुनावी घोषणापत्रमा हामीले हवाई जहाज उडे जसरी विकास गर्ने योजना समेटेका छौं, त्यसलाई पूरा गर्ने दायित्व तपाईं हामी सबैको हो।' 

शुक्रबार राजधानीमा आगामी मंसिर १० र २१ गते हुन् प्रदेशसभा र प्रतिनिधिसभा चुनावको घोषणापत्र सार्वजनिक गर्दै संयोजक भट्टराईले आफ्नो पार्टीले सबैभन्दा छिटो चुनावी घोषणापत्र सार्वजनिक गरेको दावी पनि गरे ।


संयोजक भट्टराईले नेपाल चीन र भारतको पुल भएर बस्नुपर्ने जिकिर पनि गरे । उनले भने, 'नेपाल दुई ढुङ्गाबीचको तरुल होइन, दुई देशबीचको गतिशिल पुल भएर बस्नुपर्छ।'

नयाँ शक्तिको चुनावी घोषणापत्रमा कुनै दलको विरोध र समर्थन नगरिएको पनि भट्टराइले बताए। उनले अगाडि थपे, 'हामीले चुनावी घोषणापत्रमा कुनै दलको विरोध र समर्थन केही पनि गरेका छैनौं, हिजोका दिनहरुमा एकअर्कालाई गालि गलौज गर्ने दिनहरु थिए, अब मुलक नयाँ युगमा प्रवेश गरिसक्यो एकले अर्कालाई गालि गलौज गरेर कसैलाई फाइदा पुग्दैन ।'

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले पहिलो चरणको मंसिर १० गते हुने चुनावमा काँग्रेससँग गोरखा र रसुवामा तालमेल गरेको बताउँदै दोस्रो चरणको लागि पनि विचार मिल्ने दलहरुसँग कुरा भइरहेको जानकारी दिए।

त्यस्तै नयाँ शक्ति निर्वाचित कार्यकारी रास्ट्रपतिय प्रणालीको पक्षमा उभिएको छ। 'निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली विना देशमा राजनीतिक स्थीरता हुन्न र राजनीतिक स्थीरता विना देशको तीव्र विकास र समृद्धि हुन्न भन्ने हाम्रो दृढ मत रहेको छ' भट्टराईले भने। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved