झापा घटनापछि गृहमन्त्रालयले निकाल्यो विज्ञप्ति (विज्ञप्तिको पूर्णपाठ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 07:52:32 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाको बिर्तामोडमा शुक्रबार भएको घटना पश्चात सरकारले चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ। झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले चलाएको गोलि लागि स्थानीय एक नागरिकको मृत्यु भएको थियो। 

सरकारले गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चिरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हरिहर पौडेल सदस्य छन् । 

असोज १४ गते हराएका अर्जुनधारा ११ का बालक ११ वर्षीय लक्ष्मण शिवाकोटी मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शुक्रबार वर्तामोडामा प्रदर्शन भएको थियो । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ५ का नरेश थापाको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

थापाको मृत्युपछि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । घटनापछि शुक्रबार दिउँसो १ः ३० बजेबाट लगाइएको कफ्र्यू अनिश्चित समयका  लागि लगाइएको छ। 

शुक्रबारको यस घटनामा परि सर्वसाधारण तर्फ ६ जना, नेपाल प्रहरी तर्फ २७ जना, सशत्र बल तर्फ ७ जना सुरक्षाकर्मी घाइतेको भएको ग्रहमन्त्रालयले जनाएको छ।    

गृह मन्त्रालयकाे  विज्ञप्ति




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved