त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुग्यो, १२ को सनाखत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 02:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank


त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु् हुनेहरुमध्ये ९ महिला र ११ पुरुष, ६ जना बालक र ३ बालिका रहेका छन । 

 मृतक मध्ये १२ जनाको सनाखत भएको छ। बाकीको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ वर्षिय सिमी कुमारी झा, सिराहा न।पा ८ गोलबजारका ५० वर्षिय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न।पा १५ का सहचालक १८ वर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न।पा ३ का १५ वर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न।पा। १६ का ७४ वर्षिय चन्द्रवती झा रहेका छन्। त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ वर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ वर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला  बोधेवरसाई न।पा २ का ६ वर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ वर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ वर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ वर्षिय ममतादेबी ठाकुर रहेको राउतले जानकारी दिए।


सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदीमा खसेको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved