प्रहरीको गोली लागेका झापाका नवराजको परिवारलाई सरकारले १० लाख दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 02:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

झापा,  ११ कात्तिक । शुक्रबार प्रहरीको गोली लागि मृत्यु भएका झापा विर्तामोडका नवराज थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने भएको छ ।

शनिबार बिर्तामोडमा सरकारी अधिकारीसहित भएको सर्वपक्षीय छलफलमा १० लाख रुपैयाँ दिने सहमति भएको हो । स्थानीय निकाय र उद्योग वाणिज्य संघ विर्तामोडले समन्वय गरि पीडित परिवारलाई काजक्रिया खर्चको लागि थप ६० हजार रुपैयाँ सहयोग गर्ने पनि सहमति भएको छ ।

झापाको विर्तामोडमा एकजना बालकको संकास्पद मृत्युको छानविनको विषयलाई लिएर भएको तनावमा शुक्रबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा थापाको ज्यान गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved