टानको निर्वाचन: लम्साल प्यानलको प्रतिवद्धता पत्र सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 06:54:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार हुने टानको निर्वाचनका लागि मोहन लम्साल नेतृत्वको प्यानलले  चुनावी प्रतिवद्धता पत्र संगै उम्मेदवार परिचयात्म कार्यक्रमको आयोजना गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी मोहन लम्सालको प्यानलले उम्मेदवार परिचय गराउनुका साथै आफना एजेण्डा तथा प्रतिबद्धता सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको छ । 

साथै मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने उल्लेख छ । 


पत्रकार सम्मेलनमा वरिष्ठ पर्यटन व्यवसायीद्वय केशव पाण्डे र सागर पाण्डेले मोहन लम्साल समुहको टिम व्यवसायीक र टानलाई गति दिन सक्ने गैरराजनीतिक समुह भएकोले उक्त समुहलाई अत्याधिक बहुमतले विजयी गराउन आफुहरु लागि परेको बताए । 

त्यसैगरी अध्यक्षका प्रत्यासी मोहन लम्सालले टानलाई नयाँ गति र दिशा दिन आफ्नो समुह सक्षम रहेको बताउँदै पदयात्रा व्यवसायीहरुको तमाम समस्याहरुको समाधान गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved