अपडेट: सनाखत भएका ३० शव परिवारले बुझे, एउटा सनाखत हुन बाँकी, चालकको खोजि जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 08:51:23 AM मा प्रकाशित

laxmi  sunrise bank

धादिङ्गको गजुरी गाँउपालिका-५ पोखरे खोला नजिकै भएको बस दुर्घटनामा परी मृत्यु भएका ३१ जनामध्ये ३० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा १२ जना पुरुष,७ जना महिला, ६ जना बालक र ६ जना बालिका रहेका छन्  । 

३० जनाको शव आफन्तले बुझेका छन्। एउटा शवको भने अझै सनाखत हुन नसकेको र उक्त शव इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । 

राजबिराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिवार बिहान धादिङ्गको गजुरी गाँउपालिका ५ पोखरे खोला नजिकै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा खसेको थियो । 

दुर्घटना ग्रस्त सवारी साधालाई हिजो साँझ ६ बजे,नदिबाट निकालिएको छ । चालक सम्पर्कमा नरहेकाले खोजी भैरहेको छ ।

घाईते अवस्थामा उद्धार गरिएका १६ जना मध्ये राजविराज ९ का दुर्गा नन्द चौधरी र अभिषेश चौधरीको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भैरहेको छ भने अन्यको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।

 सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ बस्ने ३५ वर्षिया सम्मी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० वर्षिय रामकुमार यादव, सप्तरीको देउरीभरुवा न.पा. १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, बोधेवरसाई न.पा ३ का १५ बर्षिया चन्द्ररेखा प्रमाणी, राजविराज न.पा. १६ का ७४ बर्षिया चन्द्रवती झा, तिलाठी गाउँपालिका १ का ३३ बर्षिय अन्जित कुमार झा, नेरेयाका २५ बर्षिया पार्वती चौधरी, बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, नेरेयाका ३ बर्षिय सुशान चौधरी, नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव, भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिया ममतादेबी ठाकुर, बोधेबसाईन ३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमाणी, सप्तरी महादेवा ९ बस्ने २७ वर्षिय प्रमोद ईसार, सप्तरी कृषसरोवन ४ का २९ वर्षिय सुधिर कुमार यादव, भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर, सिराह नराह गा.पा. १ बस्ने ३० वर्षिय उदय मण्डल, सप्तरी बोधेबरसाई २ का २५ वर्षिया आशिकी कुमारी यादव, सप्तरी कृषसरोवन ४ का ५ वर्षिया समीक्षा यादव, सिराह लहान न.पा.६ बस्ने ३७ वर्षिया प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षिय ऋषि आनन्द देव, सप्तरी राजविराज १४ का २० वर्षिय आदित्य झा, सप्तरी बोधेबरसाइन २ बस्ने १३ वर्षिय समीक्षा कुमारी यादव, सप्तरी सम्भुनाथ न.पा. बस्ने ५ वर्षिय सुदीप चौधरी, सप्तरी बोधेबरसाइन ३ बस्ने ९ वर्षिय चित्ररेखा बरमाणी, सप्तरी बोधेबरसाईन ३ बस्ने १ वर्षिया मानवी यादव, सप्तरी बोधेबरसाइन २ का ३५ वर्षिय सुरेन्द्र चौधरी, सप्तरी बोधेबरसाइन २ बस्ने ११ वर्षिय चित्ररेखा प्रमाणी, सप्तरी राजविराज २ बस्ने ६ वर्षिय पशुपति चौधरी र सप्तरी तिलाठी नगरपालीकाका ७ वर्षीया अभिनव झा रहेको धादिङ प्रहरी प्रमुख एसपी धु्रवराज राउतले जानकारी दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved