उच्चस्तरीय छानबिन टोलीद्वारा बिर्तामोड घटनाको अनुसन्धान शुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 11:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान शुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए  । उनले भने , “घटनाको सत्यतथ्य बुझ्न उहाँहरु बिर्तामोड गइसक्नुभएको छ ।” 

समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन्  । समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved