काभ्रेमा चुनावी रौनक :लोकतान्त्रिक भन्दा बाम गठबन्धन ३६ हजार मतले अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 12:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

युवराज पाण्डे 

काभ्रेपलाञ्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कसरत शुरु भएको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचारप्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । तर जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेर झण्डै छत्तीस हजार मत अन्तरले उछिनेको थियो । 

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ६८ हजार ६४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा (माओवादी केन्द्र)ले ३० हजार ४४८ मत ल्याएको थियो । दुवै बाम दलको कूल मत ९९ हजार ९५ हुन्छ । नेपाली काँग्रेसले ६३ हजार १३९ मत मात्र पाउन सकेको थियो । 

काभ्रेपलाञ्चोकमा रहेको सात स्थानीय तहमध्ये तीन स्थानीय तह बाहेक सबै स्थानीय तहमा वाम दल विजयी भएका थिए । धुलिखेल नगरपालिकामा एमालेले सात हजार ९९१, काँग्रेसले पाँच हजार ४०८ र माओवादी केन्द्रले एक हजार ६२१ मत प्राप्त गरेका थिए । बनेपा नगरपालिकामा एमालेले ११ हजार ४०९, काँग्रेसले नौ हजार ६५९ र माओवादी केन्द्रले एक हजार ३७० मत प्राप्त गरेका थिए । पनौती नगरपालिकामा एमालेले १२ हजार २५६, काँग्रेसले नौ हजार १९० र माओवादी केन्द्रले एक हजार २३९ मत प्राप्त गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा एमालेले ६ हजार २३६, काँग्रेसले पाँच हजार ७२ र माओवादी केन्द्रले दुई हजार २३ मत पाएका थिए । 

नमोबुद्ध नगरपालिकामा एमालेले पाँच हजार ३४६ काँग्रेसले चार हजार ९६१ र माओवादी केन्द्रले तीन हजार ८६७ मत ल्याएका थिए । पाँचखाल नगरपालिकामा काँग्रेसको ६ हजार ८०० मत रह्यो जबकि एमालेले सात हजार ३५६ र माओवादी केन्द्रले तीन हजार २७९ मत ल्याए । 

महाभारत गाउँपालिकामा माओवादी केन्द्रले दुई हजार ३४२ मत पायो । चौरीदेउराली गापामा पनि माओवादी केन्द्रले तीन हजार ९१४ पाउन सक्यो । भूम्लु गाउँपालिकमा एमालेले तीन हजार ५४८ मतसहित अग्रस्थानमा रह्यो । रोशी गापामा काँग्रेसले चार हजार ३७२ मत पायो । बेथानचोक गापामा काँग्रेसले तीन हजार ८६८, एमालेले दुई हजार ७४१ र माओवादी केन्द्रले एक हजार ७४९ मत ल्याएको थियो । खानीखोला गापामा एमालेले दुई हजार २३, माओवादी केन्द्रले एक हजार २०७ र काँग्रेसले एक हजार ११५ मत प्राप्त गरेका थिए । 

तेमाल गापामा काँग्रेसले तीन हजार ९४९ मत पायो । विसं २०४८ सालदेखि वाम शक्तिको वर्चश्व रहेको काभ्रेपलाञ्चोकमा विसं २०५६ मा काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो तर २०६४ मा पुनः वामशक्तिले वर्चश्व कायम गरेको थियो । 

विसं २०७० को निर्वाचनमा पुनः काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा जित हासिल गरे भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा वाम शक्ति विजयी भयो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved