शक्ति केन्द्र प्रयोग गरेर कांग्रेसले निर्वाचन भाँड्न षड्यन्त्र गरीरहेको छ: एमाले सचिव बिष्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 02:10:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यका लागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए । 

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्तबाम भेलालाई सम्बोधनगर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरीव राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’

उनले देशमा सँधै सरकार गठनगर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्यभएपछि समृद्धिको दिशामा गति लिने बताए । 

उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरीरहेको छ’उनले भने ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने कामग¥यो भने परीणाम राम्रो हुने छैन ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved