वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई सरकारले तालीम दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 02:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो । तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । तालीमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ÷गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालीम दिइने उनले जानकारी दिए  । 

बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर÷वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ । 

यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालीम लिएकाले विदेश गएपछि ा बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्न सक्ने अपेक्षा लिइएको छ । 

निर्देशक काफ्लेले आशयपत्र दिएका मध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यही मध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालीममा सहभागी हुन उनको आग्रह छ । 

सकेसम्म सातै प्रदेशमा त्यस्ता तालीम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालीम प्राप्त गर्ने रोजगारीमा जानेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved