खड्का मन्त्रालय तानिएपछी भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 05:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्ने निर्णयसँगै मन्त्रालयले भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

निगममा निमित्त नायब प्रबन्ध निर्देशक पदमा कार्यरत भट्टराईलाई अर्को व्यवस्था नहुँदासम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालले बताए। उनका अनुसार भट्टराइलाई आजैबाट जिम्मेवारी पाएका छन। भट्टराई निगममा १० औं तहमा सिनियिर कर्मचारी हुन् । 

चलनचल्तीको भन्दा कैयौं गुणा महंगो मूल्य तिरेर इन्धन भण्डारणको लागि जग्गा खरिद गरेको आरोप लागेका निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय ताने पछि भट्टराईलाई जिम्मेवारी दिएको हो। 

असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले संसदीय समितिको सिफारिसमा खड्कालाई बर्खास्त गरिएको थियो। आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका खड्कालाई सर्वोच्चले अदालतले असाेज २२ गते अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved