BREAKING: अन्ततः बालकृष्ण ढुंगेल पक्राउ, जेल चलान गर्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 10:09:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेल पक्राउ गरेका छन् । उनलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको हो । 

एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको बताईएको छ । सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।

फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा समेत परेको थियो ।  

पक्राउ परेका ढुंगेललाई अहिले हिरासतमा राखिएको र जेल चलन गर्ने तयारी भईरहेको प्रहरीले स्रोतले बताएको   ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved