BREAKING: पक्राउ परेका बालकृष्ण ढुंगेल जेल चलान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 12:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहान पक्राउ परेका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेललाई जेल चलन गरिएको छ । अदालतको फैसला कार्यन्वयन इकाईले ढुंगेललाई जेल चलन गर्न आदेश गरेपछि उनलाई  सदरखोर कारागार चारखाल चलान गरिएको हो ।

सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका  ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको हो । एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको थियो । पक्राउ परेका ढुंगेललाई आवश्यक प्रक्रियाका लागि अदालतको फैसला कार्यन्वयन इकाई लागिएको थियो । अदालतको आदेशपछि उनी जेल चलान भएका हुन् ।उनलाई सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि नदिइकन कडा सुरक्षाका बीच कारागार पठाइएको हो ।   


 सशस्त्र द्वन्द्वको समयमा ओखलढुंगाका उज्वनकुमार श्रेष्ठको हत्यामा दोषी रहेको ठहर गर्दै अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो भने सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा समेत परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved