एमालेबाट मोतीलाल दुगड समानुपातिक सूचीको एक नम्बरमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 01:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले उद्योगी मोतिलाल दुगडलाई समानुपातिक तर्फ सांसद सिफारिस गरेको छ। दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्।

दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा समेत लगानी छ। बिगतदेखि राजनीतिमा नै सक्रिय रहेको बताउदै दुगडले उद्योगी व्यवसायीको हितका लागि एमालेबाट राजनीतिमा सक्रिय हुने बताए। 

२०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका दुगडले 'बिज्ञापन काण्ड' निकै चर्चामा थियो। उनले नयाँ पार्टी खोल्ने भन्दै पदनै तोकेर पत्रपत्रिकामा बिज्ञापन गरेका थिए। 

२०७० को निर्वाचनमा नसोचेको हार बेहोरेपछि दुगडले पछि उक्त पार्टी एमालेमा बिलय गराएका थिए। त्यो बेला दुगडको पार्टीबाट उठेका २२ जना उम्मेदवारले मात्र १३९८ मत ल्याएको थियो। 

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved