चुनावको मुखमा ढुंगेललाई पक्राउ गर्नु आपत्तिजनक: माओवादी केन्द्र

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 01:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्र निर्वाचनको मुखमा बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्नु बृहत शान्ति सम्झौता बिपरित भएको निष्कर्षमा पुगेको छ। बृहत शान्ति सम्झौता अन्तर्गत शान्ति तथा मेलमिलाप आयोगको दायरा विपरित सरकारले ढुंगेललार्इ गिरफ्तार गर्नु षडयन्त्र भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बतार्इन्। 

'जुन ढंगले निर्वाचनको मुखमा ढुंगेललाई गिरफ्तार गरिएको छ, त्यो आपत्तिजनक छ, प्रवक्ता भुसालले भनिन, 'शान्ति तथा मेलमिलाप आयोगको दायरा विपरित ढुंगेललाई गिरफ्तार गर्नु दुखद घटना हो।' 

त्यस्तै माओवादी केन्द्रका पुर्व सांसद तथा अधिवक्ता रामनारायण बिडारीले ढुंगेलको गिरफ्तारी बृहत शान्ति सम्झौता बिपरित भएको प्रतिक्रिया दिएका छन। 'यो मुद्दा सत्य निरुपण तथा मेलमिलाप छानबिन आयोगको कार्य क्षेत्र भित्र भएकाले सरकारको कार्यक्षेत्र भित्र पर्दैन' बिडारीले भने, 'अब सरकारले आममाफिको लागि राष्ट्रपतिको मा सिफारिस गर्नुपर्छ।'    

मंगलबार बिहान नाटकीय ढंगले ललितपुरको सातदोबाटोबाट गिरप्तार गरि उनलाई सदरखोर डिल्लीबजारमा राखिएको छ। उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि डिल्लीबजारस्थित जेलमा राख्न लगिएको हो । 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतले ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको  थियो। ढुंगेल संबिधानसभाको पहिलो निर्वाचनमा ओखलढुङगा २ बाट निर्वाचित भएकै समयमा अदालतले जन्मकैदको फैसला गरेको थियो।  

ढुंगेललाई  पक्राउ गर्नुको साटो उल्टै सभा समारोहहरुमा देखीन थालेपछी प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ढुंगेललाई आज बिहान पक्राउ गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved