ढुँगेल पक्राउलाई एमालेले स्वागत गरेको छ : डा. मिश्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 03:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता डा. वंशिधर मिश्रले पनि ढुँगेल प्रक्राउ प्रकरणलाई आफ्नो पार्टीले स्वागत गरेको स्पष्ट पारे । उनले भने,‘सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै ढुँगेललाई पक्राउ गरिएको छ, यसलाई हामीले स्वागत नै गरेका छौं, यसको विपक्षमा हाम्रो पार्टी छैन्।’

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता मिश्रले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनबाट कोही पनि आँत्तिनुपर्ने अवस्था नएको जिकिर गरे । उनले भने,‘यो हाम्रो गठबन्धन एकदलीय अधिनायकवादको लागि होईन, यो समृद्धि र स्थायित्वको लागि हो।’

साक्षात्कारमा एमाले विकासको बाधक भनेर कांग्रेसले घोषणापत्रमै लगाएको आरोप नै गलत भएको जिकिर गर्दै मिश्रले भने,‘नेपालमा न कहिल्यै कम्युनिष्ट शासन आउँछ, न हामी लोकतन्त्रको विपक्षमा उभिन सक्छौं, त्यसैले हामीलाई विकासको बाधक भन्नु नै गलत आरोप हो।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved