ढुँगेललाई पक्राउ गर्दा शान्ति प्रक्रिया उल्लंघन भयो भन्नु गलत हो : लेखक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 03:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका नेता बालकृष्ण ढुँगेल पक्राउ परेको विषयलाई लिएर माओवादीलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

उनले भने,‘यो साधारण कुरा हो, यसले शान्ति प्रक्रियामा कुनै असर पर्दैन्, यो घट्नालाई शान्ति प्रक्रियासँग जोड्न मिल्दैन, यो सर्वोच्च अदालतको आदेश अनुसार नै भएको हो, यो बाट कोही आँत्तिन जरुरी छैन।’

लेखकले आगामी केन्द्र र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता लेखकले शान्ति प्रक्रिया र संविधान जारी गर्न आफ्नो पार्टीले नेतृत्व गरेको र काँग्रेसको नेतृत्वमा आर्थिक समृद्धिको अभियान चलेकोले काँग्रेस पहिलो राजनीतिक शक्ति बन्ने दाबि गरेका हुन । उनले थपे,‘प्रजातान्त्रिक शक्तिले नै अबको निर्वाचनमा बहुमत ल्याउँछ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved