७ क्षेत्र अन्य दललाई छोड्दै बाम गठबन्धनले यसरी टुंगो लगाए सिट बाँडफांड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 10:24:15 AM मा प्रकाशित

laxmi  sunrise bank

६०-४० सिट संख्या लिएर निर्वाचनमा जाने सहमति सहित बाम गठबन्धन बनाएका नेकपा एमाले र माओबादी केन्द्रले सिट बाँडफाँट टुङ्ग्याएका छन्। मनोनयन दर्ता गर्ने अघिल्लो दिन गठबन्धनले सिट संख्या निर्धारण गरेको हो । 

अन्तिम सिट बाँडफाँटमा प्रतिनिधिसभातर्फ एमालेको भागमा ९६ सिट परेको छ भने माओवादी केन्द्रको भागमा ६२ सिट परेको छ।  प्रदेश सभातर्फ एमालेले १ सय ९८ सिट पाएको छ भने माओवादी केन्द्रको भागमा १ सय २६ सिट परेको छ।

 प्रतिनिधि सभा र प्रदेश सभातर्फका बाँकी ७ सिट राजमो, नेमकिपा र स्वतन्त्र समूहले पाएका छन्। ७ सिट मध्ये ४ सिट ह्दयेश त्रिपाठीको समूहलाई, १ राजमोलाई र १ सिट नेमकिपालाई परेको छ। त्यस्तै बाँकी १ सिट झापा ३ मा राप्रपाका लागि छुट्याइएको छ। त्यस क्षेत्रमा बाम गठबन्धनले राप्रपालाई सघाउने सहमति भएको छ  ।  झापा ३ मा राप्रपाबाट महामन्त्री राजेन्द्र लिङ्देन र कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । राप्रपाले कांग्रेससंग तालमेल गर्ने निर्णय गरेको थियो   । तर सिटौलाले उक्त क्षेत्र नछोडेपछि राप्रपा बाम गठबन्धनसंग आएको हो   । 

 पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधिसभामा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति भएको थियो । प्रदेश सभामा भने एमालेले ४१ र माओवादीले ३३ सिट लिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved