नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न सर्बोच्चको आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 11:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्बोच्च अदालतले नेसनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेज गरेपछि कलेज संचालकले असोज ३१ गते त्यसको बिरुद्द रिट दायर गरेका थिए । उक्त रिटमा बिपक्षीलाई छलफल मै नबोलाई एक पक्षीय सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले  सम्वन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।  

त्रिवि कार्यकारी परिषदले  साउन १२ गते नेशनललाई सम्बन्धन दिएको थियो। तर पछि परिषद्ले स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । त्रिविले गठन गरेको तीन सदस्यीय समितिले घट्टेकुलोस्थित काठमाडौं नेसनल शिक्षण अस्पतालको आकस्मिक निरीक्षण गरेको थियो ।  निरीक्षणको क्रममा अस्पतालमा बिरामी, डाक्टर र प्रशासनका कर्मचारी कोही पनि भेटिएका थिएनन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved