विश्वमै पहिलोपटक एकै दिनमा एक करोड पार्थिव शिव लिङ्ग पूजन महायज्ञ हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 12:56:16 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री मानस तथा बोलबम परिवार जनकपुर–०४ ले आगामी कार्तिक २२ गते दिन (नोभेम्भबर ८) एकै दिनमा एक करोड पार्थिव शिव लिङ्ग पूजन महायज्ञ आयोजना गर्ने भएको छ ।

बुधबार उक्त महायज्ञबारे जानकारी गराउन रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजक परिवारले उक्त महायज्ञ विश्वमै किर्तिमानी हुने जनाएको छ । उक्त महायज्ञ भने सितारामको विवाहस्थल जनकपुरधामको रंगभूमि मैदान (बाह« विघा) मैदानमा हुने महायज्ञका संयोजक बेचन झाले जानकारी दिए ।

झाका अनुसार उक्त महायज्ञ विश्वमा भई रहेको विभिन्न प्रकारको कलह र अकल्पनिय आपतबाट सुख, शान्ति र कल्याण पाउन शिवको पूजा नै एकमात्रै उत्तम उपाय रहेकोले त्यसै अनुरुप नै महायज्ञ आयोजना गर्न लागिएको हो ।

रावणमाथि विजय प्राप्त गर्न श्री रामलाई रामेश्वरममा शिवकै अराधना गर्नु परेको भन्दै आफूहरुले शान्तिको सन्देश फैलाउनको लागि यो महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष ललन ठाकुरले जनाए ।

उक्त महायज्ञमा देश तथा विदेशगरि लाखौं भक्तजनहरुको सहभागिता हुने पनि आयोजक संस्थाले विश्वास दिलाएको छ । एकैचोटि एकै समयमा एकैपटक मन्त्र उच्चारण गरेर ११ सय पण्डितले महायज्ञमा पूजा गर्ने पनि आयोजकले जनायो ।

विभिन्न प्राकृतिक प्रकोपमा परि मृत्युवरण गरेका मृत्तक आत्माहरुको चीर शान्तिको कामनाको लागि पनि यो महायज्ञ आयोजना गरिएको ठाकुरले बताए । त्यस्तै उनले उक्त महायज्ञमा पाँच ट्रक बेलपत्र, २ ट्रक फुल, २१ क्विन्टल साकल र ६ क्विन्टल घिउ प्रयोग हुने समेत जानकारी दिए । आयोजकका अनुसार उक्त महायज्ञको उद्धघाट्नको लागि आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकिएको छ ।

महायज्ञमा कुल २ करोड रुपैयाँ लागत लाग्ने पनि आयोजकले बतायो । हिन्दु धर्मालवम्बीहरुको सहयोगबाट रकम जुट्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ठाकुरको भनाई थियो ।

यस्तो महायज्ञ विश्वमै ठूलो भएकोले विश्व किर्तीमान समेत कायम गर्ने संयोजक झाले दाी गरे । उनले भने,‘शिव हवनको लागि कोटी पूजा भएको त, तर एकै दिनमा भएको छैन, कहीँ पनि भएको छैन, हामी यो पटक गरेर देखाउँछौं।’

त्यस्तै यो महायज्ञले नेपाल–भारत द्धिपक्षीय सम्बन्धपनि सुमधुर बनाउने झाको विश्वास छ । महायज्ञले धर्मालवम्बीहरुप्रतिको आस्था बढि जगाओस् भन्ने आफूहरुको कामना रहेको पनि उनले बताए ।

त्यस्तै महायज्ञमा लाखौं दर्शनार्थीहरु आउने निश्चित भएकोले यसले धार्मिक पर्यटनलाई समेत प्रर्वद्धन गर्ने आयोजकको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved