चुनावमा खटिने कर्मचारीले किन मतदान गर्न नपाउने ? सर्बोच्चद्वारा कारण देखाउ आदेश जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 03:40:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीले किन मतदान गर्न नपाउने भन्दै निर्वाचन आयोगको नाममा कारण देखाउ आदेश जारि गरेको छ निर्वाचनमा खटिने प्रहरी र निजामती कर्मचारीलाई मतदान गर्नबाट बञ्चित नगराउनु भन्ने आदेशको माग गर्दै महान्यायाधीवक्ता कार्यालयका भरत मैनालीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आयोगलाई कारण देखाउ आदेश जारि गरेको हो । 

 यसअघिको दुवै संविधानसभा चुनावमा कर्मचारीले समानुपातिकतर्फ भोट हालेका भए पनि यस पटक कर्मचारीलाई त्यस्तो सुबिधा छैन ।  त्यस्तो व्यवस्था नहुँदा निर्वाचनमा खटिने झण्डै ५ लाख कर्मचारी मताधिकारबाट बञ्चित हुनेछन्।

मैनालीले ति कर्मचारीले मतदान गर्न नपाउनु भनेको ‘अनागरिक घोषणा गर्नु बराबर’ भएको जिकिर गर्दै कर्मचारीलाई मतदान गर्नबाट बञ्चित नगराउनु भन्ने आदेशको माग गर्दै रिट दायर गरेका थिए 

साथै अदालतले यो मुद्दाका दुवै पक्षलाई छलफल गर्न आइतबार बोलाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved