बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 05:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। अन्तराष्ट्रिय मुल्य समायोजन अनुरुप मुल्य निर्धारण गरिएको निगमले जनाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टतिेल ग्यासको मुल्य बढाएको जनाएको छ। 

निगमले दिएको जानकारी अनुसार मट्टीतेलमा १ रुपैयाँ पचास पैसा र ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल १ रुपैयाँ पचास पैसाले महंगिएको छ।

नयाँ मुल्य अनुसार पेट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ। त्यस्तै ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा पर्नेछ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मुल्य समायोजन गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइत बताए।

उनका अनुसार निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको हो। मुल्य समायोजन पश्चात निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ। निगमलाई नयाँ मुल्यले पेट्रोलमा लिटरमा ५.५० पैसा र मट्टीतेलमा १६ रुपैयाँ २ पैसा नाफा छ। तर डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved