१२ घण्टा पनि टिकेन निगमको निर्णय, दबाबमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 08:12:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले बुधबार बढाएको पेट्रोलियम पदार्थको मुल्य लागू नहुने भएको छ। निर्वाचनको मुखैमा पेट्रोलियम पदार्थको मुल्य बढाउँदा  त्यसले नकारात्मक संदेश जाने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले १२ घण्टा भित्र आफ्नो निर्णय फिर्ता लिएको हो। 

प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्य नबढाउन पत्र काटेका थिए। मन्त्रीको निर्देशनपछि बिहिबार बिहानै निगमको आकस्मिक बैठकबाट मूल्यवृद्धि फिर्ता हुने भएको हो।  

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमले ट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ। 'अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय भएको छ' उनले भने।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टतिेल ग्यासको मुल्य बढाएको थियो। निगमले मट्टीतेलमा १ रुपैयाँ पचास पैसा, ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ,पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल १ रुपैयाँ पचास पैसा बढाएको थियो। 

वृद्धि मूल्य लागू नभएपछि अब पट्रोल मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टितेल ७४ रुपैयाँ ५० पैसा, खाना पकाउने ग्यास १३ सय २५ नै रहनेछ । हवाई इन्धनको मूल्य भने यथावत छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved