४५ जिल्लामा आज उम्मेदवारी दर्ता हुदै, यस्ता छन् आवश्यक कागजात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 08:50:04 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतफ आज २०७४ कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता भईरहेको छ  ।  ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता भईरहेको हो । आयोगले  बिहान १० देखि अपरान्ह ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोगले आह्वान गरेको छ । 

मनोनयका लागि उमेदवारले उमेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, प्रतिनिधिसभाको उमेदवारको हकमा प्रस्तावक र समर्थक, परिचयपत्रको प्रतिलिपिसहित  प्रतिनिधि सभाको हकमा १० हजार र प्रदेशसभाको हकमा ५ हजार धरौटी जम्मा गरेको रसिद वा बैंक भौचर (महिला÷दलित अल्पसंख्यक र आर्थिक रुपले विपन्नको हकमा सो को आधा) दलको उमेदवारको हकमा औपचारिक पत्र २ प्रति पासपोर्ट साइजको फोटो दलित/अल्पसंख्यक समुदायको र आर्थिक रुपले विपन्नको हकमा स्थानीय निकायको सिफारिसपत्र उमेदवारले पेस गर्नुपर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved