काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग, बाम गठबन्धनलाई फाईदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 09:52:22 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन आज लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ । उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए  । 

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताए  । राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेशसभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको बताइएको छ । 

केन्द्रले पनि मिलाउन चाहेन र काँग्रेसले पनि मिलाउन सकेन त्यसैले गठबन्धनबाट हामी अलग भयौँ केसीले भने ।  

लोकतान्त्रिक गठबन्धन भङ्ग हुँदाको फाइदा भने बाम गठबन्धनलाई हुने देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved