१७ किलो सुन सहित एक पक्राउ, तिब्बत हुदै नेपाल ल्याईएको अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 11:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेका छन्  ।  प्रहरीले लमजुङको मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई पक्राउ गरेको हो । 

 मोटरसाइकलमा आएका ती युवकले सुन भएको झोला बोकेर आएको र प्रहरीले चेकिंग गर्न खोज्दा उनी भागेका थिए। प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो । डीएसपी पदमबहादुर विष्टले १७ थान सुन समातिएको र अनुसन्धान जारि रहेको बताए ।

सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved