प्रिन्टिङ एण्ड फोटोग्राफी प्रदर्शनी पुस ४ देखि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 04:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ‘प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो’ आगामी पुसको पहिलो हप्ता आयोजना गर्ने भएको छ । (एनएफपिजे) ले आज यहाँ पत्रकार सम्मेलन गरी फोटोग्राफी प्रिन्टिङ र फोटो पत्रकारिताको व्यावसायिक विकास गर्ने उद्देश्यले पुस ४–६ गते भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिने जानकारी दिएको छ । 

एक्स्पोमा प्रिन्टिङ एण्ड फोटोग्राफीसम्बन्धी अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन राखिनेछ । जापान, दक्षिण कोरिया, भारतलगायत विभिन्न देशका उत्पादक कम्पनीले एक्स्पोमा सहभागिता जनाउनेछन् । एक्स्पोमा एक सय कक्ष रहनेछन् । तीन दिनसम्म कार्यशाला गोष्ठी, अन्तक्र्रिया, फोटो सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने प्रदर्शनीका संयोजक हरि रेग्मीले जानकारी दिए  । 

प्रदर्शनीमा प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा, उत्पादक कम्पनी, फोटो पेपर उत्पादक कम्पनी, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनी, मोबाइल, ल्यापटप, कम्प्युटरलगायत राखिने उनले जानकारी दिए   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved