यी हुन् प्रचण्डको बिरुद्दमा उम्मेद्वारी दिने ८ स्वतन्त्र सहित १७ उम्मेदवार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 09:01:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस संगै 
कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ ।

दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत हुन्  । उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका  टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन्  । 

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् ।

  स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved