चुनावी मैदानमा उत्रेका दृष्टिबिहिन सुरेश धिताल भन्छन 'अपाङ्गहरुको अधिकारको लागी उम्मेदवारी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 09:50:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ  । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा बिहिबार मनोनयन दर्ता भएको हो । 

यसैबीच काभ्रेमा एक जना दृष्टिबिहीनले पनि उम्मेदवारी दर्ता गराएका छन्  ।  क्षेत्र नम्बर १ (ख) बाट दृष्टिबिहीन सुरेश धितालले प्रदेशसभा  निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।   धुलिखेल नगरपालिका ११ पात्लेखेतका निवासी ४६ बर्षिय सुरेस प्रसाद धितालले उम्मेदवारी दर्ता गराएका हुन । उनको प्रस्तावक र समर्थकमा उनकै दुर्गा धिताल र बोधनाथ ढुंगाना रहेका छन्  । ढुंगाना स्वयं पनि अपांगता भएका व्यक्ति हुन्   ।

मनोनयन दर्तापछि छोटो प्रतिक्रिया दिदै धितालले अपाङ्गहरुको हक हितका लागि आफुले उम्मेदवारी दिएको बताए ।  विभिन्न राजनीतिक परिवर्तन देखेका उनले देश प्रजातन्त्र, लोकतन्त्रबाट गणतन्त्रसम्म आइपुग्दा समेत अपाङ्ता भएका व्यक्तिहरूले अधिकार र न्याय नपाएको गुनासो गरे। त्यहि अधिकार प्राप्तिका लागि उम्मेदवार दिएको उनले बताए ।

हजारौको संख्यामा रहेका  आफू जस्ता अपाङ्गहरू र उनीहरूका परिवार आफन्तलाई बुझाउन सकें आफुले चुनाव जित्ने दाबी धितालले गरेका छन्। २५ बर्षको उमेर देखि दृष्टिबिहीन भएका धितालले  आजैबाट  अपाङ्ग परिवार र आफन्त लाई भेटेर निर्वाचन प्रचार प्रसार सुरु गर्ने बताए  ।  

 यस प्रदेश सभा क्षेत्रमा  पुरुष ३३,८७५, महिला ३३,६१६, तेश्रो लिंगी १ गरी ६७,४९२ मतदाता रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved