भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस : प्रमुख निर्वाचन आयुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 11:52:45 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताएका छन् । 

राजनीतिक दल सम्बद्ध युवाको लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै उनले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम शुरु भएको हुँदा निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी दिए । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने – “उम्मेदवारी मनोनयन कार्य ज्यादै उल्लासपूर्ण रुपमा भएको छ, जसरी पवित्र भावना लिएर मनोनयनमा दर्तामा संलग्न हुनुभएको छ, त्यसरी नै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिताको पालना होस् । भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् ।” 

स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै उनले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved