निर्वाचन प्रचार गर्दा भोट हाल्ने तरिका सिकाउन राजनीतिक दलका युवालाई प्रमुख आयुक्तको आह्वान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 02:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रूपमा सफल तुल्याउन युवासहित सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । आज निर्वाचन आयोगमा युवाका लागि आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले पहिलो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रमा मतपत्र प्याकिङ र ढुवानीको काम शुरु भएको र दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रमा कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्य सम्पन्न भएको हुँदा अब निर्वाचन कार्यक्रम सञ्चालनको जिम्मेवारी केन्द्रबाट निर्वाचन क्षेत्रस्तरमा केन्द्रित भएको बताउनुभयो । उहाँले मतदाता शिक्षा प्रचार प्रसार गर्ने सम्वन्धमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा युवाले खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै आगामी निर्वाचनमा राजनीतिक अभियानका क्रममा मतदातालाई मत सङ्केत गर्ने (भोट हाल्ने) सही तरिका समेत सिकाई मतबदर प्रतिशत कम गर्न सहयोग पु¥याउन युवालाई आह्वान गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले संविधान कार्यान्वयन गर्नका लागि महत्वपूर्ण खुट्किलोको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने क्षणमा आइपुगेको यस अवसरमा परिर्वतनका संवाहकका रूपमा रहेका युवाले राष्ट्रिय दायित्व एवं जिम्मेवारीका साथ निर्वाचनलाई सफल तुल्याउन भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । उहाँले राजनीतिक अभियानका साथै मतदातालाई सुसूचित गर्ने, निर्वाचन आचार संहिता लागू गर्न र राजनीतिक संस्कारको विकास गर्न युवाले नै राजनीतिक दलहरूलाई सल्लाह सुुझावका साथै दबाब दिन सक्ने हुँदा शान्तिपूर्ण, स्वच्छ र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन  युवासँग आग्रह गर्नुभयो । स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेविरूद्ध आयोगले सून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिनुभयो ।

कार्यक्रममा माननीय निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले विश्वले नै हेरिरहेको नेपालको यस निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावणमा व्यापक सहभागीताका साथ सञ्चालन गर्ने जिम्मेवारी युवासहित हामी सबैमा रहेको हुँदा युवाको थप योगदान आवश्यक रहेको बताउनुभयो । उहाँले दक्षता र सेवाभावका साथ युवा नै मतदातासमक्ष पुग्नसक्ने भएको हुँदा मतदातालाई सुसूचित गर्ने  र मतदाता शिक्षा दिने काममा युवाले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागीहरूको स्वागत गर्नुहुँदै निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बदरमतको प्रतिशतलाई घटाउन युवाले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ भन्नुभयो । उहाँले विविध कारणले गर्दा यसअघि मतदाता शिक्षा कार्यक्रम पूर्णरुपमा मतदाताको घरघरसम्म पु¥याउन कठिन भएपनि यही कात्तिक २५ गतेदेखि हरेक मतदाताको घर घरमा पुग्ने गरी मतदाता शिक्षा कार्यकर्ता परिचालन हुने जानकारी दिनुभयो । प्रशिक्षणमा विभिन्न राजनीतिक दलसँग सम्वद्ध युवाको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू नरे्रन्द्र दाहाल र सुधीरकुमार शाह उपस्थित हुनुहुन्थ्यो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved