प्रधानमन्त्री देउवाले भने, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न ढुक्क भएर अगाडी बढ्नुहोस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 03, 2017 | 05:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेर बहादुर देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न ढुक्क भएर अगाडि बढ्न  आग्रह गरेका छन। प्रधानमन्त्री निवास बालुवाटार पुगेका आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीहरुसंगको भेटमा यस्तो बताएका हुन।  

सफलतापुर्वक निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षाको उचित व्यवस्थासहित सबै किसिमका सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई रहेको आयोगले जनाएको छ। 

भेटमा प्रधानमन्त्री देउवाले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट भइरहेको कामको प्रगतिका बारेमा जिज्ञासा समेत राखे।    

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मतपत्र छपाइ लगायतका निर्वाचन सामग्रीहरूको व्यवस्थापनको कार्य तीब्रताका साथ अगाडि बढाइएका बारेमा प्रधानमन्त्रीलाई आयोगका पदाधिकारीहरुले जानकारी गराएको जनाइएको । 

भेटका अवसरमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह, नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल समेतको उपस्थित थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved