हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 03, 2017 | 06:50:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ ।हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौँ बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ ।

उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु चार लाख ३० हजार बरामद भएको थियो । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved