गोविन्दराज जोशीको उम्मेदवारी खारेज, पौडेललाई राहत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 04:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन कार्यालय तनहुद्वारा खारेज भएको छ। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।  

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपश्चात कांग्रेस उम्मेदवार एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले उजुरी दिएका थिए। 

निर्वाचन ऐन अनुसार जोशीले नैतिक पतन हुने कार्य गरेको ठहर गर्दै निर्वाचन कार्यालयले जोशीको उम्मेदवारी खारेजीको माग गर्दै परेको निवेदन सदर गरेको हो। 

आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको पुष्टि गरे । यस निर्णयसंगै रामचन्द्र पौडेललाई राहत मिलेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved