आज उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिदै, नाम फिर्ता लिने समय पनि आजै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 10:11:38 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणमा आगामी मङ्सिर २१  गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज उम्मेदवारी फिर्ता लिनको समय दिइएको छ  । दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा गत बिहिबार मनोनयन दर्ता भएको थियो  । 

मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा  शुक्रबार उजुरी दिने , शनिवार उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको थियो । आजभने निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेको लागि उम्मेदवारी फिर्ता लिन समय दिएको छ । आज आइतबार १० बजे देखि १ बजे सम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिन सकिने छ  । त्यस्तै आज नै १ बजे देखि ३बजे सम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र बेलुका ३ बजे देखि ६ बजे सम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ  । 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुदै छ ।  पहिलो चरणमा  ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved