मल्चिंग प्रविधिबाट एकै याममा चार तरकारी बाली सम्भव, थोरै जग्गा हुने किसानलाई मनग्य आम्दानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 01:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

 तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । 
मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै रु एक दुई लाख आम्दानी गर्ने लक्ष्य उनको छ । 

गोलभेँडा रोपिएको ड्यांगमा प्लास्टिकबाट ढाकिएको जमिनमा सिँचाइका लागि पानीका पाइप बिछ्याइएको छ । पाइपको बीच भागमा सिँचाइका लागि प्वाल बनाइएको छ । जहाँ जहाँ पाइपका प्वाल छन्, त्यहीँ तरकारीका बिरुवा रोपिन्छ, आवश्यकअनुसार तरकारीको फेदमा एकपटक थोपा सिँचाइ हुन्छ । 

रानाले झण्डै १० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । ‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी हुने भएको छ,’ रानाले भने । 

रानाले प्लाष्टिक र मल्चिङ प्रविधिबाट तरकारी उत्पादन गर्ने सीप साइप्रसमा सिकेका हुन्् । अन्तरबाली प्रविधि अपनाएर तरकारी खेती गर्दा किसानलाई पटक÷पटक खेतबारी खनजोत गर्न र झारपात हटाउन नपर्ने रानाको दाबी छ । 

प्लास्टिकका कारण बारीमा झार उम्रिन पाउँदैन । मुख्य बालीसँगै सहायक बालीको उपयोग गर्न थालेपछि देवीबहादुरको आम्दानी पनि बढ्न पुगेको छ । यसको सिको अरु किसानले गर्न थालेका छन् । स्थानीय बासिन्दा रुकवीर रेश्मीले तरकारी बालीबाट वार्षिक एक लाख भन्दा बढी आम्दानी गर्न थालेको बताउँछन् । 

गाउ“का कतिपय किसानले यसवर्ष बन्दा, सिमी, काँक्रो र गोलभेँडास“गै रोपेका छन् । अन्तरबाली तरकारीबाट यहाँका किसान एकै याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । 

वरिष्ठ कृषि अधिकृत किशोरमान श्रेष्ठका अनुसार विदेशमा सीप सिकेर केही किसानले अन्तरबाली प्रविधि अपनाएपछि राम्रो आम्दानी लिन थालेका बताए । यो प्रविधि अपनाएर किसानले थोरै जग्गामा धेरै प्रकारका बाली लगाई लाभ लिन सक्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved