कान्छो जिल्लाले बल्ल पायो सिडिओ, सदरमुकाम कावासोती तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 08:58:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै सबैभन्दा कान्छो जिल्लाका रुपमा परिचित नवलपरासी (बर्दघाट सुस्ता) पूर्वजिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएको छ । तत्कालका लागि नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लाको नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीलाई आधार मानी जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको हो । 

यसअगावै कावासोती रहेको इलाका प्रशासन कार्यालयका रुपमा रहेको सोही कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् । 


सरकारले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना गरेपछि यहाँको चहलपहल सदाको झैँ निकै बढेको छ । यसअगावै नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला नवलपुर क्षेत्रमा जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयलगायतका कार्यालय स्थापना भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved