मन्त्रिपरिषद्को बैठकद्वारा मतदाता आकर्षित पार्ने खालका निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 09:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तराइ मधेशमा बाढी आएको ५ महिनापछि बल्ल बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ । सोेमबार बसेको मन्त्रीपरिषद् बैठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास गरेको हो । सरकारले सो विशेष राहत योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताएको छ । 

राहत प्याकेजमा केके छन् भन्ने विषयमा आज दिउँसो अर्थ मन्त्रालयमा हुने पत्रकार सम्मेलनबाट सार्वजनिक गरिने बताईएको छ।

बैठकले बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । सरकारले १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिन लागेको हो । 

यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved