यसरी भयो पुर्व राष्ट्रपति यादवको सार्बजनिक बेइज्जत, राष्ट्रिय दैनिकमा सूचना निकालेर अपमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 10:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको सार्बजनिक अपमान भएको छ । पूर्वराष्ट्रपति यादव बस्दै आएको घर १५ दिनभित्र खाली गर्न घरबेटीले राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना जारी गरेपछि यादवको अपमान भएको हो । ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेका हुन्।

बिष्टले पटक पटक ताकेदा गर्दा पनि साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको उल्लेख गरेका छन । त्यस्तै उनले आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्ने/बसाउने कार्य भइरहेको उल्लेख गर्दै १५ दिन भित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली गर्न सार्बजनिक सूचना जारि गरेका हुन् । उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

उनले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढाउने चेतावनी दिएका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ-‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved