धावनमार्गको बिचैमा नेपाल एअरलाइन्सको टायर पञ्चर, उडान–अवतरण प्रभावित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 11:41:55 AM मा प्रकाशित

laxmi  sunrise bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बिचैमा विमानको टायर पञ्चर भएपछि विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको छ ।  धावनमार्गमा नाइन एन– एकेएस कलसाइन रहेको नेपाल एअरलाइन्सको जहाजको टायर पञ्चर भएको हो । 

टेष्ट फ्लाइटमा रहेको उक्त जहाजमा २ पाइलटमात्र थिए । उनीहरुले दुवै जना सकुशल रहेका छन् । टायर पञ्चर भए पनि विमानमा कुनै क्षति भएको छैन। उक्त जहाज वाई १२ ई सिरीजको चिनियाँ कम्पनीको हो । 

विमानस्थल बन्द भएपछि  श्री एअरको एटिआर जहाज,  सिम्रिक र यति एअरका उडान प्रभावित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved