सिन्धुलीमा सवारी दुर्घटना, ४ को मृत्यु, ७ जना घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 12:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको फिक्कल गाउँपालिका-४ टर्किबेशीमा गएराती बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गएराती ९ बजे सिन्धुलीको खुर्कोटबाट खाङसाङ बेशीतर्फ जाँदै गरेको बा ७ च ३६ ९५ नम्बरको बलेरो टर्किबेशीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बलेरोमा सवार स्थानीय ४० वर्षीय अमर बहादुर दर्लामी र ४० वर्षकै राम प्रसाद बरालको घटनास्थलमै मृत्यु हो । दुर्घटनामा घाइते भएका फिक्कल गाउँपालिका ४ कै ५९ वर्षीय दिप बहादुर मगर र ६० वर्षीय नर बहादुर बलमपाखीको भने उपचारको क्रममा खुर्कोटमा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते मध्ये १ जनालाई बि एण्ड बि अस्पताल ललितपुर ल्याइएको छ भने ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटना पश्चात फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved