को हुन् नकाव लगाएर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट वाहिरिएका यी व्यक्ति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 01:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ साल कार्तिक २० गते बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरे । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल उपस्थित रहेका सर्वसाधारणहरुमा पर्यो ।

नकाव सहित विमानस्थलबाट वाहिरिनु रहस्यमय त थियो नै झन् त्यहाँ उपस्थित मिडियाकर्मिले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुले ती व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कल काटे । ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठुलै भिड जम्मा भयो  । 

पछि पत्रकारहरुले अन्र्तवार्ता लिने क्रममा बल्ल थाहा भयो कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारत बाट आएका खेलाडि रहेछन । उक्त प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला÷पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनमा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved