अहिले यी स्थानमा छ ट्राफिक जाम, बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 10:48:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार दिउँसो विभिन्न स्थानमा सवारीसाधनहरु चापमा चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार हनुमानथान सडकखण्डमा मनिसहरु विच सडकमानै भेलाजम्मा भएकाले उक्त स्थान हुदै चल्ने सवारी साधन यतिबेला चल्न सकेका छैनन् । यतिबेला हनुमानथान हुदै चल्ने सवारी साधनलाई नयाँबानेश्वर स्थित पानिट्याङकी सडकखण्ड, पद्मदयमोड, बिजुलीबजार पुल र माईतिघरबाट ड्राईभसन गरिएको छ । उक्त सडकखण्ड प्रयोग गरी यात्रा गर्नु हुने चालकहरुले बैकल्पीक मार्गको प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै नागढुंगाको पिपलमोडमा सडक कालोपत्रे भैरहेको कारण उक्त स्थानमा सवारी साधन एक लेनमा चलिरहेका छन् । काठमाडौंबाट धादिङ्ग तर्फको लेनमा सडक कालोपत्रे भैरहेको हो ।

यता बौद्ध सडकमा पनि खाल्डाखुल्डी पर्ने कार्य भैरहेको छ । कलंकी, एयरपोर्ट, एकान्तकुना र नारायणगोपाल चोक हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । नागढुङ्गा तर्फबाट कलंकी भित्रिने सवारी साधनको लाइन खड्कुलेपुल सम्म रहेको छ । बल्खुबाट कलंकी तर्फ जाने सवारी साधनको लाइन खसिबजारसम्म रहेको छ भने कालीमाटीबाट कलंकी जाने सवारी साधनको लाईन कलंकी मन्दिर सम्म रहेको छ ।

यस्तै नयाँबसपार्कबाट कलंकी आउने सवारी साधनको लाईन मकालु पेट्रोल पम्म सम्म रहेको छ । यता एकान्तकुनाबाट भनिमण्डल सडकमा भैरहेको सडक विस्तारका कारण आज पनि एकान्तकुना र नख्खुदोबाटो हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका हुन् । उता चावहिल मित्रपार्क, गौशाला, एयरपोट स्थित गोल्डेन गेट अगाडी, नारायणगोपाल चोक र केशरमहलमा पनि सवारी साधन चापमा चलिरहेका छन् । सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved