सानोठिमी क्याम्पसमा तालाबन्दी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 11:38:00 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ । 

क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले तालाबन्दी गरेको हो ।  नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति एवं स्ववियु सानोठिमीका उपाध्यक्ष शतिश श्रेष्ठले विज्ञप्ति जारी गर्दै क्याम्पसलाई पार्टीका कार्यकताको भर्ती केन्द्र बनाएको आरोप लगाएका छन्  । 


विज्ञप्तिमा अनावश्यक रुपमा नियुक्त गरिएका आंशिक प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने र विभागीय प्रमुखको समन्वयमा आवश्यकतानुसार खुला विज्ञापनमार्फत आंशिक प्राध्यापक नियुक्त गर्न माग गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved