बाम गठबन्धनको घोषणापत्र: ५ बर्ष भित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने रेल (पूर्णपाठ)

चक्रपथमा रेल, प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 12:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा एमाले र माओवादी केन्द्र सम्मलित  बाम गठबन्धनले आसन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोटेश्वरस्थित रोयल ब्याङ्केटमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । 

घोषणापत्रमा आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने,  यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने, आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा

आवश्यक गतिको रेल सञ्चालन गरिने, काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइने, काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने महत्वकांक्षी योजना उल्लेख छ ।

त्यस्तै  १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने , दशकभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्दै मुलुकलाई यही शताब्दीमा समुन्नत राष्ट्र बनाउने , पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गर्ने , १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने , बिजुलीबाट वञ्चित घरपरिवारमा दुई वर्षभित्र बिजुली उपलब्ध गराउने र आगामी तीन वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने, भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने, आगामी तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिने, आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराउने , पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र आठ र ६ लेनमा स्तरोन्नति गर्ने, उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म चार र ६ लेनका राजमार्ग निर्माण गर्ने र हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म दुई र चार लेनका राजमार्ग निर्माण गर्ने लगायतका योजना उल्लेख छन्   ।

त्यस्तै घोषणापत्रमा आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र अत्याधुनिक प्रविधिमा धरहरा पुनःनिर्माण गर्ने, आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने, दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने लगायतका योजना समाबेश छन्  ।


हेर्नुस घोषणापत्रको पूर्णपाठ : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved