प्रमुख निर्वाचन आयुक्तबाट आकस्मिक रूपमा अनुगमन, दिए यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 03:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा गई त्यहाँको जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिकरूपमा अनुगमन गरेका छन्  । मंसिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुगेका प्रमुख आयुक्त डा. यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्गसँग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्रीलगायतका विषयमा जानकारी लिए  ।

उनले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका कर्मचारीहरूलाई निर्देशन दिँदै उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिए   । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतपेटिका संकलन गर्दा होसियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था नहोस् भन्नेतर्फ सजग रहन निर्देशन दिदै राजनीतिक दल र उम्मेदवारहरूसँग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए   ।

यसैगरी, चौतारामा आजै आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा कार्यक्रम कात्तिक २५ गतेबाट शुरु हुने, निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको र दलहरूले निर्वाचनको स्वामित्व ग्रहण गरिसकेकाले निर्वाचन प्रचार प्रसार, मतगणना जस्ता कार्य पनि शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे  । उनी आजै काठमाडौं फर्केका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved