भक्तपुरमा हत्या गरिएको अवस्थामा ट्याक्सी भित्र एक शव फेला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 10:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

 मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए  । 

प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको जानकारी दिँदै उनले मृतकको पहिचान हुन नसकेको जानकारी दिए   । 

प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने पहल भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved