वाम गठबन्धनले मधेशमा एक सिटपनि चुनाव जित्दैन् : मन्त्री यादव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 03:19:49 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले २ नम्बर प्रदेशमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री यादवले वाम गठबन्धनले सिँगो मधेशमा एक सिटपनि चुनाव जित्न नसक्ने ठोकुवा गरेका हुन्। उनले भने,‘तपाई लेखेर राख्नुहोस्, वाम गठबन्धनले धनुषा त परै जाओस्, २ नम्बर प्रदेशमा एक सिटपनि चुनाव जित्दैन्, किनकी उनीहरु मधेश विरोधी पार्टी हुन्, मधेशी जनताले उनीहरुलाई भोट नै हाल्दैनन्।’

 साक्षात्कारमा बोल्दै धनुषा ४ नम्बर क्षेत्रका उम्मेद्धवार समेत रहेका मन्त्री यादवले आफ्नो क्षेत्र डेमोक्रेटिक क्षेत्र भएकोले जित्न सहज रहेको स्पष्ट पारे ।

उनले भने,‘यहाँका जनताले फेरी रुखमा नै भोट हाल्छन् । जित्ने आधारहरु प्रशस्तै छन्, अरु उम्मेद्धवारहरु चुनाव मात्रै लडेका हुन् । एमाले उम्मेद्धवार मधेशी विरोधी हुन् । उनले र उनको सिँगो पार्टी नेतृत्वपंक्तीले मधेश र मधेशी जनतालाई गाली गरेका छन् । धुनषा जिल्लामा वाम गठबन्धनले एक सिटपनि जित्दैन । यहाँमात्रै होईन, सिँगो मधेशमा वाम गठबन्धनले कतैपनि चुनाव जित्दैन् ।’

यादवले मधेशको हकहित र विकासको लागि कांग्रेस नेता विमलेन्द्र निधिले जति काम कसैले पनि नगरेको जिकिर गरे । उनले थपे,‘हाम्रै नेता निधिजीकै आग्रहमा मधेशमा स्थानीय तहको निर्वाचनमा दोस्रो चरणमा निर्वाचन भयो, मधेशी जनताको अधिकार संविधान संशोधनमार्फत स्थापित् गराउन उहाँलेजति भूमिका र अथक प्रयास कसैले गरेको छैन, पूर्व–पश्चिम रेलवे, शिक्षा, सडक यी सबै कामहरु निधिकै योगदान भएकोले उहाँजति कसैले पनि काम गरेको छैन । मधेशी जनताले निधिलाई जिताउँछन् ।’

तर निधिका प्रतिद्धन्द्धी राजेन्द्र महतोले त निधिलाई आफूले हराउने दाबी गरेका छन् नि भनेर सोधेको एक प्रश्नमा यादवले आक्रोश पोख्दै भने,‘राजेन्द्र महतो त्यति बलवान भैदिएको भए, उनी सर्लाहीबाट चुनाव लड्थे होला नि । उनलाई सर्लाहीका जनताले त्यहाँबाट भगाईदिएका छन्, परदेशीलाई जनकपुरवासीले रुचाउँदैनन् । महतो टुरिष्ट उम्मेद्धवार हुन् । उनलाई निधिले मज्जाले हराउँछन्।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved