एक महिना पनि नबित्दै स्थानीय तहमा खटाएका ४५ उपसचिवको काज फिर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 02:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ । काजमा खटाइएको एक महिना नबित्दै उक्त मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताए । “हामीले स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारीमा थियौँ”, उनले भने , “तर सामान्यले काज फिर्ता गरेपछि पठाउन पाएनौँ ।” 

नगरपालिकाका लागि कार्यकारी प्रमुख भनेर पठाउन थालिएका ती कर्मचारीको काज फिर्ता भएपछि ती नगरपालिकामा अहिले निमित्तको भरमा काम भइरहेका छन् । 

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले ४५ उपसचिवको विशेष परिस्थितिका कारण काज फिर्ता गरिएको बताए   । “अशक्त, अपाङ्ग र अवधि नपुगेका कर्मचारीको काज फिर्ता गरेका हौँ”, उनले भने, “फिर्ता गरिएका ठाउँमा नयाँ कर्मचारी पठाउने तयारी भइरहेको छ ।” सामान्यले स्थानीय तह सञ्चालनका लागि अहिलेसम्म ११७ उपसचिव र ८० जना शाखाअधिकृत पठाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved